प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, साउन ६ मा पेसी

काठमाडाैं | असार ३१, २०८१

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, साउन ६ मा पेसी

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।


प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।


अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध रिट दर्ता भएको बताएका छन् । अधिवक्ता न्यौपानेका अनुसार उक्त रिटमा ४० जना अधिवक्ताहरूले वकालतनामा दिएका छन् ।


संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको जिकिर रिटमा छ । ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको उनले बताए । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।


‘संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी संविधानविपरीतको कार्य गरियो । राष्ट्रपति कार्यालयको पत्रको आधारमा भएको नियुक्ति र शपथ बदर गरी ७६ (३) बमोजिमको प्रक्रिया पूरा गरी प्रधानमन्त्री नियुक्त गर्नु गराउनु भनी अन्तरिम आदेशसहितको परमादेश माग गरी रिट दायर भएको छ,’ अधिवक्ता न्यौपानेले भने ।


ओलीलाई गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वास नपाएकाले अब धारान ७६ (३) अनुसार सरकार बन्नु पर्ने जिकिर गरिएको छ । जसअनुसार संसद्‍को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवा प्रधानमन्त्री हुन्छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्